७ कार्तिक २०८३, शनिबार

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्याे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । कोरोना भाइरसको सन्त्रास विश्वका विभिन्न देशमा फैलिएको छ ।

भाइरसका विभिन्न भेरियन्ट देखिरहेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना संक्रमणबाट मर्नेहरूको संख्या  ४० लाख ७६७ पुगेको छ ।

यसै गरी भाइरसबाट १८ करोड ५० लाख २४ हजार ४१८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । हालसम्म अमेरिकामा ६ लाख ६ हजार २१७ जनाले ज्यान गुमाएका छन् ।अमेरिकापछि सबैभन्दा धेरै ज्यान गुमाउने राष्ट्रमा ब्राजिल पर्दछ । ब्राजिलमा हालसम्म ५ लाख २८ हजार ५४० जना संक्रमितले ज्यान गुमाएका छन् ।

यसै गरी छिमेकी मुलुक भारतमा ४ लाख ४ हजार २११ संक्रमितले ज्यान गुमाएका छन् । मेक्सिकोमा २ लाख ३४ हजार १९२, पेरुमा १ लाख ९३ हजार ५८८, रुसमा १ लाख ३७ हजार ७१८, बेलायतमा १ लाख २८ हजार ५६५, इटालीमा १ लाख २७ हजार ७१८ र फ्रान्समा १ लाख ११ हजार ४४८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।