
कपिलवस्तु, २४ असार । जिल्लाको शिवराज नगरपालिका–३ मा रहेको लोकल कुखरा पकेट क्षेत्रका कुखुरा पालक ४० जना किसानलाई मुख्यमन्त्री ग्रामीण रोजगार कार्यक्रममार्फत कुखुराको खोर वितरण गरिएको छ ।
शिवराज नगरपालिकाको वडा नं. ३ लाई लोकल कुखरा पकेट क्षेत्रका रुपमा विस्तार गर्ने लक्ष्यअनुरुप खोर वितरण गरिएको वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटाले बताए ।
गरिब तथा विपन्न परिवारका ४० जनालाई कुखुराको खोर वितरण कार्यक्रमअन्तर्गत वडा नं. ३ को भितरिया गाँउ कुखुरा पालनका लागि उपयुक्त ठाँउ भएकाले खोर वितरण गरिएको शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारुले बताइन् ।
खोर वितरण कार्यक्रममा उपमेयर थारुले शिवराज नगरपालिकाले शिक्षा, स्वास्थ्थ सँगै व्यक्तिहरुको आयमुलक कार्यमा शिवराज नगरपालिकाले लगानी गर्दे आएको जानकारी दिइन् ।
खोर वितरण कार्यक्रममा शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले स्थानीय कुखुरा पालक कृषकलाई आत्मनिर्भर बनाउन नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत खोर वितरण गरिएको अधिकारीले बताए ।
मेयर अधिकारीले प्रयोजन अनुसार काम गर्न कृषकलाई आग्रह गरेका थिए । सरकारले दिएको सामाग्री प्रयोग भए नभएको अनुगमन समेत गरिने बताए ।















प्रतिक्रिया