
काठमाडौं, २४ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ ।
खनालको उपचारमा लागेको सम्पूर्ण खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानीको व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ । सरकारको उक्त निर्णयबारे मुख्यसचिव शंकरदास वैरागीले अर्थ र गृहमन्त्रालयलाई जानकारी गराइसकेको बताइएको छ ।
मृगौलासम्बन्धी समस्या देखिएपछि वरिष्ठ नेता खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन् ।
यसअघि कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचार गराउँदा लागेको खर्च भने नेकपा एमालेले व्यहोर्ने यसअघि नै पार्टीले बताइसकेको छ ।















प्रतिक्रिया