७ कार्तिक २०८३, शनिबार

युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी खेलाउने पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २४ असार । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने १८ वर्षीय किशोर छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त खलेहरुमा सट्टेबाजी भइरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भाइबर, ह्राट्सएप जस्ता अनलाइनमार्फत सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी उनलाई सोही महानगरपालिका–६ लेकसाइडस्थित होटेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुर अन्तरगत सट्टेवाजी गर्न नहुने कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।