७ कार्तिक २०८३, शनिबार

केहीबेर खुलेको नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । पहिरो हटाएर केहीबेर खुलाइएको नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ ।

बिहीबार बिहान केही बेर खुलेको सडक फेरि बन्द भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् भने गाडीको लामो लाम लागेको छ ।