
पाल्पा, २४ असार । पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
उक्त घटनामा ७ जना घाइते भएका छन् । तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको छ । पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ ।















प्रतिक्रिया