पाल्पा । सानैदेखि मोडल बन्ने सपना थियो उनको । अर्घाखाँचीको खनदह गाविसमा जन्मिएका सागर खनाल उमेरले भर्खर २० बर्षका भए ।
उनका बावुको छोरालाई डाक्टर बनाउने सपना थियो तर कुन बाबुआमाको इच्छा हुन्छ र छोराछोरिको भावनालाई नकार्ने । तसर्थ छोराको इच्छा मोडलिङमा भएकाले छोराको भानवालाई बुझेर मोडलिङमै लाग्न प्रेरित गर्नुभयो ।
बावुआमाको इच्छा र भावनाअनुसार नै आज उनी मोडलिङमा जम्दै जान थालेका छन । भर्खरै छायाँकन सकिएको खाएको कसम फिर्ता लिन मिल्छ र नामक म्युजिक भिडियोबाट मोडलिङमा पाइला चालेका उनी त्यसपछि पनि अन्य म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् ।
उनी भन्छन–‘मोडलिङ नै मेरो सानैदेखिको रुचि हो र भविष्यमा पनि यसैमा रमाउँछु ।’ आकर्षक जिउडाल र अभिनय गर्ने राम्रो क्षमता भएका मेहनत गर्ने हो भने मोफसलमा रहेर पनि मोडलिङमा राम्रो गर्न सकिने बताउँछन् ।















प्रतिक्रिया