७ कार्तिक २०८३, शनिबार

कोरोनाविरुद्धको खोप लिन वायुसेवा निगमको वाइडबडी जहाज आज चीन जाँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ ।

आज बिहीबार साँझ त्यसतर्फ जाने जहाज खोप लिएर भोलि शुक्रबार काठमाडौं फर्किने छ । आजदेखि साउन ८ गतेसम्म चीनबाट तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।

सरकारले जीटूजीमार्फत चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको खोप ल्याउन लागेको हो । भोलि पहिलो पटक ल्याइसकेपछि खोपको मात्रा यकिन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

खोप ल्याउन असार ३१ र साउन ७ गते गरी तीनवटा उडान हुने छन् । खोप आइसकेपछि ५५ वर्षभन्दा माथिका नागरिकलाई प्रथामिकताका आधारमा लगाउने तयारी छ ।