
काठमाडौँ, २२ असार । गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
मन्त्रालयले मंगलबार सशस्त्रका एसएसपीद्वय कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको हो ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितीले बैठकले डीआईजी बढुवा सिफारिस गरेको हो ।
सशस्त्रमा डीआईजी हुनका लागि सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज गरेको हुनुपर्छ । धौबजी र न्यौपानेले सो तालिम गरेका छन् ।
बढुवाका लागि मन्त्रिपरिषदको बैठकले स्वीकृति दिनुपर्छ ।













प्रतिक्रिया