
सिरहा, २२ असार । चाँदीका गहनासहित सिरहाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भगवानपुर गाउँपालिका–१ स्थित सडकबाट करिब ९ किलो ७०० ग्राम चाँदी जस्तो देखिने धातुका गहानासहित उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका–३ बस्ने २८ वर्षीय मनप्रसाद गदाली र सिरहा गोलबजार नगरपालिका–३ बस्ने २७ वर्षीय श्याम विक छन् । प्र. २–००४४ प १३२१ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गहना फेला पारेको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया