७ कार्तिक २०८३, शनिबार

सवारी दुर्घटना परी दुई जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी झापा र मोरङमा दुई जनाको ज्यान गएको छ ।

प्राप्त विवरण अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–४ जोगी डाँडास्थित मेची राजमार्गमा ना. ३ च ४०३३ नम्बरको पिकअप र मे. ९ प ९२०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक ईलाम, ईलाम नगरपालिका–९ बस्ने ३८ वर्षीय नारायण कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–४ बस्ने ३६ वर्षीय मनिष श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका–५ स्थित सडकमा को. ३२ प ८८१० नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा स्कुटर चालक विराटनगर महानगरपालिका–१४ बस्ने ४० वर्षीया टिका मेचेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।