
काठमाडौं, २२ असार । जर्मनीले नेपालसहित अन्य तीन मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध खुला गर्ने तयारी गरेको छ ।
बेलायत, पोर्चुगल र रुसलाई लगाइएको प्रतिबन्ध भोलि बुधबारदेखि खुला गर्न लागेको हो । यसैबीच सबै डोज खोप लगाएका मानिसहरु जर्मनी पुगेपछि क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । खोप नलगाएकाले भने १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।
कोरोनाको डेल्टा भेरिएन्ट फैलिएको बताउँदै जर्मनीले नेपालसहितका मुुलुकलाई यात्रा प्रतिबन्ध लगाएको थियो । पोर्चुगल र बेलायतका लगायतका मुलुकले पनि अहिलेसम्म नेपाललाई लगाएको रोक कायमै राखेका छन् ।















प्रतिक्रिया