७ कार्तिक २०८३, शनिबार

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज प्रतितोला ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ३३० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।