
काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।
निर्वाचन आयोगले छलफलका लागि जसपाका दुवै पक्षलाई आज बोलाएको थियो । सोही छलफलका लागि अहिले महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी आयोगमा पुगेका छन् भने उपेन्द्र पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव गएका छन् ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।
यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।















प्रतिक्रिया