७ कार्तिक २०८३, शनिबार

एमाले विवाद समाधानका लागि ब्युँतिएको कार्यदलको बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । नेकपा (एमाले)भित्रको विवाद समाधान गरी पार्टीलाई एकढिक्का बनाउने प्रयासस्वरुप ब्युँताइएको कार्यदलको बैठक आज दिउँसो बस्दै छ ।

दिउँसो १ बजे सिंहदरबारमा सो बैठक बस्ने छ । पार्टीभित्र आन्तरिक द्वन्द्व चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल हिजो सोमबारदेखि पुनः ब्युँताइएको थियो ।

कार्यदलमा एमाले संस्थापन पक्षका नेताहरू सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त संलग्न छन् ।