१६ कार्तिक २०८३, सोमबार

नयाँ ढंगले विवाद समाधान गर्ने तर्फ एमाले कार्यदल अघि बढ्ने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । पार्टीको विवाद समाधानका लागि नेकपा एमालेको कार्यदल सहमत भएको छ ।

सोमबार सिंहदरबारमा बसेको कार्यदलको बैठक सकारात्मक बनेको नेताहरूले बताएका छन् ।

कार्यदलका माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले भोलिदेखि पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने बताए । त्यस्तै, कार्यदलको बैठक मंगलबार १ बजे पनि बस्ने सहमति भएको रावलले बताए ।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले भने, ‘कार्यदललाई निरन्तर बढाउने बारे छलफल भयो, आज मूल विषयमा प्रवेश गरेनौँ’, उनको भनाइ छ, ‘आन्तरिक विषयमा समाधानका लागि प्रयत्न गर्न भोलि बैठक पुनः बस्ने तय भएको छ ।

त्यस्तै, अर्का नेता गोकर्ण विष्टले पनि पार्टी एक भएर जानेबारे आशावादी हुने ठाउँ देखिएको बताए ।