
झापा, २१ असार । झापामा निषेधाज्ञा थप खुकुलो बनाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरेको निषेधाज्ञा थप खुकुलो बनाउने सोमबार बसेको डिसीसीएमसीको बैठकले निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले अब झापाबाट मोरङ, सुनसरी तथा इलामसम्म सार्वजनिक यातायात पनि जोर विजोर प्रणालीमार्फत गर्न दिने निर्णय भएको बताए ।
यद्यपि निषेधाज्ञा भने असार ३१ सम्म निषेधाज्ञालाई लम्बाउने निर्णय गरिएको छ ।
त्यसैगरी, बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउनेछन् ।
त्यस्तै, होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने पनि जनाइएको छ ।












प्रतिक्रिया