७ कार्तिक २०८३, शनिबार

नेपालमा बाह्य हस्तक्षेपको खतरा बढ्यो : नारायणकाजी श्रेष्ठ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेकपा माओवादी केन्द्रका नेता एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपालमा बाह्य हस्तक्षेपको खतरा बढेको बताएका छन् ।

आज सोमबार राष्ट्रियसभाको बैठकमा नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याएका हुन् ।

प्रधानमन्त्री ओलीले बिदेशीको मिलेमत्वमा संविधान र लोकतन्त्रमाथि हमला गरेको आरोप लगाउँदै श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनताको विषयमा गम्भीर धोका दिएको बताएका छन् ।