७ कार्तिक २०८३, शनिबार

चोलेन्द्रको प्रश्न–धारा ७६(५) को व्यवस्था स्थायित्वका लागि हो कि प्रधानमन्त्री नियुक्त गर्न मात्रै ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधानको धारा ७६ को उपधारा ५ संसद्को स्थायित्वका लागि हो कि प्रधानमन्त्रीको नियुक्तिका लागि मात्रै हो भनी प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइका क्रममा रिट निवेदक १४६ जना सांसदका पक्षबाट प्रत्युत्तर दिन आएका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई प्रधानन्यायाधीशले यस्तो प्रश्न गरेका हुन् ।

देउवाको नेतृत्वमा सर्वोच्चमा दायर गरिएको रिट निवेदनबाट संसद्ले बाँकी कार्यकाल पूरा गर्छ त ? शेरबहादुर देउवाको नेतृत्वमा जुन निवेदन दिनुभएको छ त्यसबाट यो संसद् बाँकी कार्यकाल अगाडि बढ्छ भन्ने लाग्छ ? अब बाँकी अवधिसम्म संसदीय स्थायित्व होस् भन्ने लाग्छ ? यसले सार्थकता दिन्छ भन्ने लाग्छ ? लगायत प्रश्न प्रनाले सोधेका छन् ।

जवाफमा वरिष्ठ अधिवक्ता दाहालले संसद् बचाउनका लागि नै रिट निवेदन लिएर सर्वोच्चमा आएको बताएका छन् । उनले संसद्ले सरकार दिने अवस्थासम्म विघटन हुन नहुने र त्यसका लागि नै रिट ल्याएर सर्वोच्चमा आएको तर्क गरेका छन् ।

प्रधानन्यायाधीश जबराले अर्को प्रश्नमा एमालेबाहेकको सरकार बन्ने अवस्थाबारे प्रश्न गरेका थिए ।