
काठमाडौं, २१ असार । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो खोप लगाएका सबैलाई भोलिदेखि दोस्रो डोज लगाइने भएको छ ।
एक महिनाअघि पहिलो डोज लगाएकाहरू र त्यसअघि पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरूले खोप लगाउन पाउने छन् । खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख छ ।
यसअघि छुटेका समेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको बताइएको छ ।















प्रतिक्रिया