३० आश्विन २०८३, शुक्रबार

सिटौलालाई तनाब, संकटमा समूह

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा पार्टीभित्र छुट्टै समूह विकास भएको छ अहिलेसम्म काँग्रेसभित्र तेस्रो धारका रुपमा परिचय बनाएको सिटौला समूह १४ औं महाधिवेशनसम्म समूहकै रुपमा कायम रहनेमा आशंका उत्पन्न हुन थालेको छ ।

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको उम्मेदवारी अस्वीकार गर्दै सभापतिका प्रत्यासी बनेका सिटौलाको १४ औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्नेमा स्पस्ट भइसकेको छैन । आफू निकट नेताहरु सभापति शेरबहादुर देउवा र इत्तर समूहमा विभाजित भएपछि सिटौलामा संकटमा परेका छन् । नागरिक दैनिकले समाचार लेखेको छ ।