७ कार्तिक २०८३, शनिबार

गिरिजा प्रसाद कोईरालाको ९८औं जन्मजयन्तीको अवसरमा वृक्षरोपण

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २० असार । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९८औं जन्मजयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।

फाउण्डेशनले वीरगञ्जको विभिन्न स्थानमा वृक्षरोपण गरेको फाउण्डेशनका सदस्य दिलिपराज कार्कीले बताए । स्व. कोईरालाको ९८औं जन्म जयन्तीको अवसरमा फाउण्डेशन पर्साले तीनदिने कार्यक्रमको आयोजनामा पहिलो दिन वृक्षरोपण र्कायक्रम सम्पन्न गरेको उनले बताए ।

सो अवसरमा साल, सिसम, बेल, सफेदा, खैर, औरा, टिक, अशोकलगायत विभिन्न प्रजातिका २२५ वटा बिरुवा रोपिएको छ । वीरगञ्जको आईसीपी र आर्दश नगरको कबरस्थानमा वृक्षरोपण गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले जानकारी दिए ।

फाउण्डेशन पर्साले स्व. कोईरालाको जन्मजयन्तीको अवसरमा असार २० गतेदेखि २२ गतेसम्म तीनदिने कार्यक्रम गर्ने बताइएको छ । सो अनुसार असार २१ गते रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।