
बाँके, २० असार । १७ वर्षकी आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बाँकेको खजुरा गाउँपालिका–२ केगाँउ बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै छोरीलाई विगत ९ वर्षको उमेरदेखि नै पटक–पटक जबरजस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यसैबीच गत बुधबार बिहान समेत जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरी चौकी राधापुर बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया