७ कार्तिक २०८३, शनिबार

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । आज आइतबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ तथा चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले बढेको छ । जसअनुसार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ३०० र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भएको थियो ।