७ कार्तिक २०८३, शनिबार

नेकपा एमाले फुट्न नदिन चन्द्रागिरीका जनप्रतिनिधिको खबरदारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेपाल कम्युनिस्ट पार्टी एमालेलाई फुट्न नदिन चन्द्रागिरीका जनप्रतिनिधिहरुले दबाब दिएका छन् ।

२०७४ सालको पालिकाको निर्वाचनमा चन्द्रागिरी नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् ।

‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाडौं–१० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिए । महर्जन चन्द्रागिरी नगरपालिकाका प्रवक्ता एवं वडा नं ११ का वडा अध्यक्षसमेत हुन् ।

यो दबाबले नेकपा एमाले टुटफुट नभइ एकताबद्ध बनाउन र पुष्पलाल, मनमोहन, मदन भण्डारीले देखेको सपना पूरा गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ,’ उनले भने ।

चन्द्रागिरी काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् । चन्द्रागिरीमा पालिकाको निर्वाचनमा उपप्रमुखसहित नेकपा एमालेका ५८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । रासस