१६ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय नेपाली समाजले भानु जयन्ती विशेष कार्यक्रम गर्दै

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, १९ असार । अन्तर्राष्ट्रिय नेपाली समाज(इन्स) अन्तर्गत भाषा साहित्य समितिले असार २६ र २७ गते भानु जयन्ती विशेष  कार्यक्रम आयोजना गर्ने भएको छ ।

समाजले  आयोजना गरेको भानु जयन्ती विशेष दुई दिवसीय भर्चुअल माध्यमबाट गर्ने कार्यक्रमको पहिलो सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहनेछ भने प्रा. डा. व्रतराज आचार्य प्रमुख वक्ताका रुपमा रहनेेछन् ।

त्यस्तै,  भानुभक्तका कृतिमा विद्यावारिधि गर्ने ज्ञानु अधिकारी तथा भानुभक्त आचार्यकी नातिनी प्रभा आचार्य भट्टराईले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, कार्यक्रमको दोस्रो सत्रमा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार तथा कवि शरुभक्त श्रेष्ठ रहनेछन् । यस सत्रमा गजल, कविता, मुक्तक तथा हाइकु रचना वाचन हुने कार्यक्रम रहेकाे छ ।

त्यस्तै, कार्यक्रमको परिवेक्षण अन्तर्राष्ट्रिय नेपाली समाज तथा अन्तर्राष्ट्रियस्तरमा रहेका वुद्धिजीविहरुबाट हुने साहित्य समितिकी अध्यक्ष डा. जानुका नेपालले जनाएकी छन् ।