
काठमाडौं, १९ असार । नेकपा एमालेमा एकताको सम्भावना पुनः कमजोर बन्दै गएको टिप्पणी हुन थालेको बेला पार्टीका दोस्रो तहका नेताहरूबीच भने छलफल जारी छ ।
आज शनिबार कुपण्डोलस्थित होटेल समिटमा दुवै पक्षका नेताहरुबीच छलफल चलिरहेको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थनसहितको हस्ताक्षर फिर्ता गर्ने दुई दिनको अल्टिमेटम दिएसँगै पार्टी एकताको सम्भावना कमजोर बनेको चर्चा हुन थालेको छ ।
तर, सोही चर्चाकाबीच दोस्रो तहका नेताहरूले एकताका लागि छलफल जारी राखेका हुन् । छलफलमा ओली पक्षबाट एमाले स्थायी कमिटी सदस्य विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ सहभागी छन् ।
त्यस्तै वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य र घनश्याम भुसाल सहभागी रहेको बताइएको छ ।















प्रतिक्रिया