७ कार्तिक २०८३, शनिबार

भारतमा थपिए कोरोना भाइरसका ४७ हजार नयाँ संक्रमित, ७९७ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप ४७ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४७ हजार २५२ जनामा संक्रमण पुष्टि भएको हो । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २६औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख १ हजार १८९ पुगेको छ ।

भारतमा ५ लाख २ हजार ३८३ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ७९७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६८ पुगेको छ ।