७ कार्तिक २०८३, शनिबार

आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १८ असार । आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।