७ कार्तिक २०८३, शनिबार

‘हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकता हुन नदिन अरु कसैले खेल खेलिरहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । आफूले हजार प्रयास गर्दा पनि पार्टीलाई एक हुन नदिइएको भन्दै अध्यक्ष ओलीले एमालेमा एकता हुन नदिन अरु कसैले खेलिरहेको आरोप लगाएका हुन् ।

‘हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ,’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू गएको लाजमर्दो अवस्था छ ।’