७ कार्तिक २०८३, शनिबार

बेवारिसे मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १८ असार । जिल्ला प्रहरी कार्यालय बर्दियाले जिल्लाको सुकेटोलस्थित नहरमा भेटिएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ ।

असार ६ गते राति बढैयाताल गाउँपालिका–१ सुकेटोलको नहरबाट प्रहरी चौकी जमुनी बर्दियाको गस्ती टोलीले फेला पारेको भे ३ प ६५६ नम्बरको निलो रङको पल्सर मोटरसाइकल हिजो बिहीबार सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले बताएको छ ।

उक्त मोटरसाइकल बाँकेको खजुरा गाउँपालिका–४ बस्ने प्रकाश केसीको भएको प्रहरीको भनाइ छ । केसीले बिहीबार आवश्यक कागजात लिएर आएपछि मोटरसाइकल जिम्मा लगाइएको हो ।