
धादिङ, १८ असार । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिड–१९ का कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
बिहीबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमा ३५ परिवारलाई एक महिना पुग्ने खाद्यान्न गाउँपालिकाका उपाध्यक्ष देवीप्रसाद सिलवाललाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो जन्मोत्सवका अवसर पारेर धादिङ जिल्लाका चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न दिने गरी सरकारले अपनाएको एकद्धार प्रणाली अन्तर्गत नै गाउँपालिकालाई सहयोग उपलब्ध गराएको अध्यक्ष ढकालले बताए ।
सञ्चार माध्यमबाट चेपाङ समुदायका खाद्यान्न समस्या रहेको जानकारी पाएपछि एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गनुपर्ने मान्यता अनुसार आफूले जति सकेको सहयोग उपलब्ध गराएको उनको भनाइ छ ।















प्रतिक्रिया