७ कार्तिक २०८३, शनिबार

मनसुनी वायुको प्रभावका कारण विभिन्न स्थानमा आज पनि मध्यमदेखि भारी वर्षा हुने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । हाल देशभर मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिनभर नै मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।