
गोरखा, १८ असार । तीन दिनदेखिको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्काएको छ ।
गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि त्यस क्षेत्रको सम्पूर्ण आवतजावत रोकिएको छ । पहिरोले तनहुँतर्फको भाग भत्काएपछि पुल नदीमा मिलेको छ ।















प्रतिक्रिया