
काठमाडौँ, १७ असार । सरकारले विश्व फिल्म फेस्टिभल र अवार्डमा मनोनित हुने फिल्मलाई अनुदान दिने घोषणा गरेको छ ।
चलचित्र विकास बोर्डले कार्यविधि जारी गर्दै अस्करसहितका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट हुनेलाई ट्राभल ग्रान्ट उपलब्ध गराउने घोषणा गरेको हो ।
बोर्डको २१ औँ वार्षिकोत्सवको अवसरमा यस्तो कार्यविधि लागू गरेको हो ।
कार्यविधिअनुसार अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित अथवा विजयी हुने फिचर फिल्मले ८ लाख र छोटो फिल्मले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डेन ग्लोब्समा मनोनित हुने फिचरलाई २ लाख र छोटो फिल्मलाई १ लाख दिने भनिएको छ ।
कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम फेस्टिभलमा छानिने फिचरले २ लाख ५० हजार ग्रान्ट र छोटो फिल्मले १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ ।
यस्तो छ सूचीः












प्रतिक्रिया