
काठमाडौँ, १७ असार । पछिल्लो २४ घण्टामा ४ हजार १७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख १४९ जना पुगेको छ ।
गत २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार १३० र एन्टिजेन विधिबाट ३ हजार ८५५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ४० हजार ६६२ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।
२४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १४५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया