७ कार्तिक २०८३, शनिबार

एमाले मुख्यालयले माधव र झलनाथलाई पठायो स्थायी कमिटी बैठकको निम्तो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेकपा एमालेले भोलि शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा उपस्थित हुन आग्रह गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई निमन्त्रणा पठाएको छ ।

सबै केन्द्रीय सदस्यलाई ई–मेलमार्फत बैठकको निम्तो पठाइएको तथा नेता नेपाल र खनालसहित केही वरिष्ठ नेतालाई ई–मेल, म्यासेज र फोनमार्फत निम्तो गरिएको पार्टी कार्यालयले जनाएको छ ।

दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर बुधबार २०७५ सालको जेठ २ गतेकै कमिटी ब्युँताउने निर्णय गरेको एमालेले ८ जना स्थायी कमिटी सदस्य पनि थपेको छ ।

तर, माधव–झलनाथ पक्षले आफूहरूलाई अलमलाउन ओलीले जेठ २ मा फर्केजस्तो नाटक गरेको र ठ्याक्कै पुरानो कमिटी ब्युँताउन आलटाल गरिरहेको आरोप लगाएको छ ।