
काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खोपको प्रबन्ध गर्न सरकारले इमानदार प्रयत्न गरिरहेको र उपलब्ध गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपाल वायु सेवा निगमको ६४औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले खोपको प्रबन्ध गर्न निरन्तर लागिरहेको बताएका हुन् ।
सरकारको प्रयासले भविष्यमा नेपाल सामान्य जनजीवनमा फर्कने अपेक्षा समेत उनको छ । विद्यमान महामारीले नेपालको पर्यटन क्षेत्र अझ बढी प्रभावित बनेको र निर्धारित लक्ष्य प्राप्तिमा ठूलो ब्यवधान खडा भएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले देशले बहुआयामिक लाभका लागि जे–जस्ता योजना तयार गरी विकास र समृद्धिको बाटोमा आफूलाई अग्रसर बनाएको थियो त्यसमा आएको ब्यवधानले अर्थतन्त्रमा ठूलो क्षति भएको समेत बताएका छन् । तर, यस महामारीलाई परास्त गर्ने हाम्रो निरन्तर प्रयासले यस्ता विपत्तिपूर्ण कहरबाट चाँडै मुक्ति मिल्ने विश्वास समेत उनले व्यक्त गरेका छन् ।















प्रतिक्रिया