
काठमाडौं, १७ असार । नेकपा एमालेका असन्तुष्ट पक्ष (माधव–झलनाथ समूह)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
असन्तुष्ट पक्षको माग सम्बोधन गरी संस्थापन पक्षले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गरी निर्णय लिन सो समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो । पार्टी संस्थापन पक्षले असन्तुष्ट पक्षको माग सम्बोधन गर्दै पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर भोलि स्थायी कमिटी बैठक बोलाएको छ ।
तर, माधव–झलनाथ पक्षले भने उक्त बैठकमा सहभागी नहुने बताउँदै आएको छ । पार्टीलाई पूर्ववतः अवस्थामा फर्काए पनि माओवादीका नेताहरु बैठकमा हुन नहुने समूहको एकपछि अर्को माग छ । यद्यपि, सो बैठकमा भाग लिने कि नलिने भन्ने बारेमा आफ्नो समूहको निर्णय गर्न आजै स्थायी कमिटीका सदस्यहरुको बैठक बोलाइएको एक नेताले बताएका छन् ।
आज बिहीबार दिउँसो बस्ने बैठकले यसबारेमा सामूहिक धारणा बनाउने बताइएको छ ।















प्रतिक्रिया