७ कार्तिक २०८३, शनिबार

सुनको मूल्य तोलामा एकैदिन ८०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । आज बिहीबार सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।