२९ आश्विन २०८३, बिहिबार

माधव पक्षः निहुँ खोज्ने कहिलेसम्म ?

11.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निर्मल भट्टराई

बच्चा बेलामा असार महिनामा म खेतमा कुलो फर्काउन जान्थें । असारमा त पटक-पटक कुलो फर्काइरहनु पर्थ्यो । साँधमा एकजना जब्बर दाई थिए । हामीलाई लटरपटर पारेर उनको खेत डम्म भर्थे ।

मेरा बा आमालाई काकाकाकी भन्ने हुनाले हामी उनलाई दाई भनेर सम्बोधन गर्थ्यौं । मन मिलेको बेला मलाई भाई भनेर विछट्ट माया पनि गर्थे ।

एक सालको कुरा हो । अल्पवृष्टिको साल थियो । कुलोमा सानो पानी थियो । कुलो आफ्नो खेततिर फर्काएर म ढुकेर बसेको थिएँ म । पानीको पालो मेरो थियो ।

मेरा सँधियार दाई स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै मैले कुलो कुरेर बसेको ठाउँमा आईपुगे ।

“आराम हुनुहुन्छ दाई ?” मैले सोधें ।

ती दाईले कुलो जबर्जस्ती आफ्नो खेततिर फर्काए । खाउँलाजस्तो गरेर मलाई हेरे । दाईले अलिअलि खाजा(जाँड) दन्काईसकेका रहेछन् ।

“आज त पानीको पालो हाम्रो हो दाई ।” मैले सतर्क हुदै भनें ।

“तेरो दाई कसरी भएँ म ? तेरा बाउ आमाले पा’को हो मलाई ?” उनले रिसाएर भने ।

“दाईले मेरा बा आमालाई काकाकाकी भनेकोले मैले तपाईंलाई दाई भनेको ।” मैंले प्रष्ट पारें।

“तेरा बा आमा मेरा काकाकाकी कसरी भए ? अनि मैंले तेरा बा आमालाई काकाकाकी भनेको के प्रमाण छ ?  ” दाईले थप निहुँ खोजे ।

“तर पानीको पालो त मेरो हो नि !” मैंले भनें ।

“पालो न सालो । मेरो खेत भरिएपछि तेरो पालो । भाग !”

साविक नेकपादेखि नै ओली पक्षमा लागेका माओवादी नेता बादलसहितका करिब दुई दर्जन नेताहरूलाई पार्टीको केन्द्रमा समेट्ने पार्टीको कदमलाई सो पक्षले स्वीकार गरेन ।

आज साढे चार दशकपछि एमालेमा यस्तै निहुँ खोजाइ देखेर अचम्म लागेको छ । एमाले ब्युँतिएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले मंसिरमा पार्टी महाधिवेशन गरौं, त्यस प्रयोजनका लागि महाधिवेशन आयोजक कमिटी बनाऔं भन्दा माधव पक्षलाई मान्य भएन । जेठ २ को पार्टी संरचनामा नगई हुदै हुदैन भन्यो ।

साविक नेकपादेखि नै ओली पक्षमा लागेका माओवादी नेता बादलसहितका करिब दुई दर्जन नेताहरूलाई पार्टीको केन्द्रमा समेट्ने पार्टीको कदमलाई सो पक्षले स्वीकार गरेन ।

पहिले जेठ २ अगाडिको संरचनाको बैठक बसौं अनि उनीहरूको बारेमा सोचौंला भन्ने तर्क अगाडि सारियो । ती नेताहरूलाई अलपत्र पारेर माओवादीमै फर्किउन् भन्ने गलत मनसाय राखियो ।

पार्टी नेतृत्वले हदैसम्मको लचकता देखाएर पार्टीलाई जेठ २ मा फर्काउन तयार रहेको तर एमालेको सरकार गिराएर देउबाको सरकार बनाउन गरिएका हस्ताक्षर फिर्ता लिन आग्रह गर्यो । फेरि अत्तो थापियो-ओलीले माफी नमागी हस्ताक्षर फिर्ता हुदैन ।

एमालेका पूर्व महासचिव माधव नेपालले सगर्व घोषणा गरे-ओलीको ‘प्रलोभन’मा फसिदैन । देउबासंगको सहकार्य तोडिदैन !

पार्टीले फेरि लचकता देखायो । एकतालाई उच्च प्राथमिकता दियो । माधव पक्षको सर्तबमोजिम नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गरेको छ ।

जेठ २ गते पूर्बको केन्द्रिय कमिटीलाई ब्यँतायो । सबै पदाधिकारी कायम गर्यो । अनुशासनमा परेका नेताहरूको कारबाही निस्कृय परियो । पार्टी एकताका लागि उनीहरूका सबै माग र सर्त पूरा गरियो ।

तर निहुँ खोज्ने र अत्तो थाप्ने काम रोकिएन ।

“हामीलाई नसोधी किन जेठ २ मा फर्किएको ?”

“पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीले राजिनामा किन नदिएको ?”

“बादलसहितका अरू माओवादी नेताहरूलाई किन जिम्मेवारी दिएको ?”

“संसद विघटन गरेको गल्तीमा किन सार्वजनिक रुपमा माफी नमागेको ?”

“विधि विधान किन मिचेको ? सुल्टो हिड्नु पर्नेमा उल्टो किन हिडेको ?”

“एमाले एकतामा गइन्न, विधि,पद्धति र निष्टाको राजनीति छोडिन्न ।”

“समानान्तर गतिविधि कायम हुन्छ, देउबाको साथ छोडिन्न ।”

“ओलीले भनेर हुन्छ? हामी मान्दैनौं ।”

मेरा सँधियार दाईको भन्दा यो निहुँ खोजाई धेरै चर्को छ । एमाले एकताबद्ध होला भन्नेमा त्राहि त्राहि छ । देउबा र प्रचण्डले डिजाइन गरेका नयाँ-नयाँ अत्तोहरू थपिदैछन् । नयाँ-नयाँ बखेडाहरू थपिदैछन् । तर यो कहिलेसम्म ?