
काठमाडौँ, १६ असार । राउटे युवतीमाथि यौन हिंसाको आरोपमा ३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
उनीहरूलाई वुधवार दिउँसो सुर्खेत जिल्ला अदालतले कारागार चलान गरिएको जनाएको छ ।
उनीहरुलाई न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतले जनाएको छ ।
उनीहरुलाई थुनामा लिइसकिएको बताइएको छ ।
गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको हो ।
उनीहरूलाई प्रहरीले जेठ २३ गते बिहान ३ बजे पक्राउ गरेको थियो ।
मिलनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौनहिंसा गरेको भिडियो सार्वजनिक भएको थियो ।












प्रतिक्रिया