
काठमाडौँ, १६ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने भएको छ ।
पार्टीको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचार खर्च व्यहोर्ने जानकारी दिएका हुन् ।
खनालको भारतको एपोलो अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने भएको हो ।
निरन्तर ज्वरो आएर सास फेर्न समेत गाह्रो भएपछि नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई असार २ डिल्ली लगिएको थियो ।
नेता खनालमा मिर्गौलामा समेत समस्या छ । कोरोनाबाट संक्रमणमुक्त भएलगत्तै उनी बिरामी भएका थिए ।












प्रतिक्रिया