
काठमाडौँ, १६ असार । संवैधानिक इजलासमा संसद विघटनविरुद्धको रिटमा वुधबारको सुनुवाइ सकिएको छ ।
आजको इजलासमा सरकारको तर्फबाट सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेका छन् ।
त्यस्तै, आजै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बरिष्ठ अधिवक्ता सुशिल पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका छन् ।
अब प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको समय अब ४ घण्टा ३३ मिनेट बाँकी रहेको छ ।












प्रतिक्रिया