१६ कार्तिक २०८३, सोमबार

व्यास नगर सभापतिमा युवा नेता डम्वर अधिकारीको दावी

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

तनहुँ, १६ असार । नेपाली काँग्रेस व्यास नगर समितीको सभापतिमा युवा नेता डम्वर अधिकारीले दावी गरेका छन् ।

नेपाली काँग्रेसको यहि श्रावण १६ गते हुने नगर अधिवेशनमा व्यास नगर समितीको सभापतिमा युवा नेता डम्वर अधिकारीले दावी गरेका हुन् ।

लामो समय नेपाली काग्रेसको मोर्चा संगठनमा आवद्ध भई विभिन्न राजनैतिक तथा समाजिक आन्दोलनका नेतृत्व गरेको नेता अधिकारी हाल व्यास नगर समितीका सहसचिव समेत हुन् ।

लामो समयसम्म देशमा प्रजातन्त्रका लागी नेपाली काग्रेसले नेतृत्व गरेको भएता पनि नेतृत्वको असक्षमताका कारण पार्टी नै जनतामाझ पराजित भएको सन्र्दभमा अव पार्टीमा युवा पुस्ताले नेतृत्व गर्नुपर्ने भएको कारण आफुले सभापतिमा दावी गरेको बताए । अव कम्तिमा पनि पार्टीमा ६० प्रतिशत युवाको सहभागिता र अन्य ४० प्रतिशतमा अग्रजहरुको सहभागिता रहनुपर्ने उनले बताए ।

समयले कोल्टो फेरिसक्दा पनि पुरानै नेतृत्व रहँदा जनआकांक्षा पुरा गर्न नसकिने भएकोले अव युवा पंक्तिलाई सम्पुर्ण पार्टी संरचनामा सहभागिता गराउनुपर्ने बताए ।

युवा नेता अधिकारी नेविसंघ विद्यालयको ईकाई सदस्य, अध्यक्ष हुदै पृथ्वीनारायण क्याम्पस पोखरामा नेविसंघको सदस्य भई आन्दोलनको नेतृत्व गर्दे राजनितीमा होमिएका हुन् ।

युवा नेता डम्वर अधिकारी नेपाली काग्रेसको तनहुँका राजनितीमा स्पष्ट र निडर वक्ताका रुपमा परिचित रहेका छन् । स्कुल अफ डेमोक्रेसी नेपाल, तनहुँका अध्यक्ष समेत रहेका अधिकारीले समाज र देश रुपान्तरणमा अव युवाको नेतृत्व हुनुपर्ने बताए ।

पार्टी, समाज र देश रुपान्तरण गर्ने हो भने अव नेपाली काग्रेसले युवा पुस्तालाई अगाडी सार्नुपर्दछ, त्यसैको लागी मेरो सभापतिमा दावेदारी हो, युवा नेता अधिकारीले भने ।

आफूसँग पार्टी र देश वनाउन विभिन्न दीर्घकालिन योजना समेत रहेको वताएका अधिकारीले नेपाली काग्रेसका क्रियाशिल सदस्यहरुले अव विवेक पुर्याउनुपर्ने वताए ।

दशकौँदेखि पत्रकारिता क्षेत्रमा समेत क्रियाशिल अधिकारी नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष समेत हुन् ।