
काठमाडौँ, १५ असार । रौतहट जिल्लाको माधव नारायण नगरपालिका ८ स्थित बाग्मती नदिमा डुवेर बेपत्ता भएका एक बालकको शव सशस्त्र प्रहरीले असार १३ गते फेला पारेको छ ।
सोही ठाउँ बस्ने ४ वर्षिय राजकुमार महतो उक्त नदिको किनारमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको बताईएको छ ।
सो घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव घटनास्थल भन्दा करीव पाँच सय मिटर तल फेला पारेको हो ।
यसैगरी कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका ५ झिलमिलास्थित चौधर नदिले बगाएर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असार १४ गते फेला पारेको छ ।
सोही ठाउँ बस्ने १५ वर्षिय करन सुनार नुहाउने क्रममा उक्त नदिले बगाई बेपत्ता भएको जनाकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट झिलमिलाबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव उक्त नदिबाट बाहिर निकालेको हो ।












प्रतिक्रिया