
धादिङ, १५ असार । धादिङको गजुरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र प्रमुख प्रशाशकिय अधिकृत राजन घिमिरेले आपशी मिलेमतोमा आन्तरिक आयकरको ठेक्कामा ८ करोड रकम झ्वाम पार्ने चलखेल गरेका छन् ।
सरकारी तथा सार्वजनिक निकायको ठेक्का वा अन्य कार्य गर्दा सरकारी मापदण्ड अनुसार राजश्व दाखिला गरी सम्झौता करारनामा गर्नुपर्ने सार्वजनिक खरिद ऐनमा उल्लेख भएपनि गजुरी गाँउपालिकाले भने चालु आर्थिक वर्ष २०७७/७८को आन्तरिक आयकरको ठेक्कामा सार्वजनिक खरिद ऐनको उल्लघंन गर्दै आर्थिक लाभमा आन्तरिक आयकरको ठेक्का बापतको ७५ पतिशत रकम मिनाहा गरी झ्वाम पार्ने चलखेल गरेको खुलाशा भएको हो ।
आर्थिक बर्ष २०७७/०७८ का लागी गाँउपालिका क्षेत्र भित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिटी बालुवा ग्राभेलको बिक्रि शुल्क उठाउने ठेक्का लगाएकोमा गाँउपालिका अध्यक्ष निकटका ब्यक्तिले ठेक्का पाएपछि ठेक्का सम्झौता नै नगरी गाँउपालिका क्षेत्रबाट अवैध रुपमा कर शंकलन गरेको थियो ।
अवैध रुपमा गाँउपालिका क्षेत्रबाट कर शंकलन गर्न थालेपछी गाँउपालिकाका अध्यक्ष बाहेकका अन्य जनप्रतिनिधी र स्थानियहरुले त्यसको बिरोध गरेपनि बिरोधको बेवास्ता गर्दै आएका गाँउपालिका अध्यक्ष बस्नेत र प्रमुख प्रशाशकिय अधिकृत घिमिरेले ठेक्काको अवधी सकिनै लाग्दासमेत बिभिन्न चलखेल गरी ठेक्का बापतको ७५ पतिशत रकम मिनाहा गरी झ्वाम पार्ने चलखेल गरेका हुन् ।
गत २०७७ साल कार्तिक १ गते गाँउपालिकाको चालु आर्थिक बर्ष २०७७/०७८को आन्तरिक आय संकलन शिलबन्दी ठेक्कामा सवैभन्दा बढि अंक भ्याट बाहेक रु. ११ करोड ९७ लाख ७७ हजार ७ सय ७७ रुपैँयामा बवरमहल काठमाण्डौस्थित् शिवाको कन्ट्रक्सनले ठेक्का पाएको थियो तर उक्त कम्पनीले गाँउपालिकाले आशयपत्र प्रकाशित् गरेको ७ औं दिनसम्ममा ठेक्का सम्झौता गरीसक्नुपर्नेमा, महिनौं दिन बित्नैलाग्दा समेत ठेक्का सम्झौता नै गरेको थिएन ।
ठेक्का सम्झौता अगावै प्रथम किस्ता बापत ३ करोड ९५ लाख रकम बुझाउनुपर्नेमा कम्पनीले गाँउपालिकालाई भने १ करोड रकम मात्र बुझाएको थियो ।
उता ठेकेदार कम्पनीले ठेक्का सम्झौता नगर्दासमेत गाँउपालिकाले भने उक्त कम्पनीलाई कारवाहि गर्नाको सट्टा उल्टै सम्झौता अगावै निर्वाध रुपमा कर संकलन गर्न अनुमती दिएको थियो ।
त्यस्तै हालसम्म गाँउपालिकामा उक्त कम्पनीले करिव १२ करोड रकम भुक्तानी गर्नुपर्नेमा ठेक्काको म्याद समाप्त हुनैलाग्दा समेत गाँउपालिकालाई तिर्नुपर्ने बाँकी रकम तिरेको छैन ।
हालसम्म गाँउपालिकालाई उक्त कम्पनीले रकम नतिरेपछी गाँउपालिकाले गत असार ३ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार शिवाको कम्पनीले गाँउपालिकामा पेश गरेको एसबिआई बैंकको रु. ४ करोड ३४ लाख बराबरको बैक ज्ञारेन्टी बापतको रकम भुक्तानी गर्न बैंकलाई पत्राचार गरेपनि ठेकेदार प्रतिनिधीसंगको मिलेमतोमा ४ दिनपछि गाँउपालिका अध्यक्ष बस्नेतकै निर्देशनमा प्रमुख प्रशाशकिय अधिकृत घिमिरेले भने पुनः बैंकलाई पत्राचार गरी उक्त पत्रको कार्यान्वय नगर्न आग्रह गरेका छन् ।
गाँउपालिकाले त्यस्तो हर्कत गरेपछी गाँउपालिकाका स्थानियहरुसमेत आक्रोशित् भएका छन् । गाँउपालिका अध्यक्ष र प्रमुख प्रशाशकिय अधिकृतले आर्थिक लाभ लिएर ठेकेदारहरुलाई सघाँउदै आएको स्थानियहरुले बताँउदै आएका छन् ।
नाम नबताउने शर्तमा एक स्थानियले भने । “गाँउपालिका अध्यक्ष बस्नेतको त उक्त ठेक्कामा व्यक्तिगत लगानी नै छ भन्ने सुनेको छु । अनि उनको यो हर्कतले त मैले सुनेको कुराको पुष्टि नै भयो नी होईन र ⁄, जव गाँउपालिकाले ठेकेदारसंग भुक्तानी लिन बाँकी रहेको ८ करोड रकम असुल गर्न अध्यक्ष ज्युले चासो लिनुहुन्न, साथै अध्यक्ष आँफै उक्त ठेक्कामा सुरुदेखीनै छुट दिनुपर्छ भनेर लाग्नुभएको छ, त्यसले त अध्यक्षको प्रत्यक्ष सम्लग्नताको पुष्टि भैहाल्यो नी ।”
उनले भनेजस्तै गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले उक्त ठेक्का प्रकृयाको सुरुवाती चरणवाटै ठेकेदारलाई सघाँउदै आएका छन् । उनले शिवाको कम्पनीले ठेक्का सम्झौता नगर्दैदेखी नै ठेकेदार प्रतिनिधीहरुलाई अवैध कर शंकलनमा सहयोग गर्दै आएका थिए ।
त्यस्तै कम्पनीले ठेक्काबापतको रकमको प्रथम किस्ता लामो समयसम्म नतिर्दासमेत कम्पनीलाई कालोसुचीमा राख्नबाट पटक पटक जोगाँउदै आएका थिए ।
अहिले पछिल्लो समय ठेक्काको म्याद सम्पन्न हुनैलागीसक्दासमेत कम्पनीले गाँउपालिकालाई भुक्तानी गर्नुपर्ने बाँकी रकम नतिर्दासमेत गाँउपालिका अध्यक्ष बस्नेतले उक्त रकम छुट गराउने भन्दै ठेकेदार प्रतिनिधीहरुलाई आश्वाशन दिईरहेका छन् । सोहि कारण ठेकेदारहरुले हालसम्म बाँकी रकम नतिरेको स्थानियहरुले आश.का गरेका छन् ।
गाँउपालिकाको गत असार ३ गतेको गाँउ कार्यपालिकाको बैठकमा चालु आ.व.को अन्तिम अवस्थामा बिकास निर्माणको लागी विनियोजित बजेट अपुग भई योजनाको भुक्तानीमा समस्या भएको भन्दै उक्त कम्पनीले ठेक्का सम्झौता गर्दा पेश गरेको एसबिआई बैंकको रु. ४ करोड ३४ लाख बराबरको बैक ज्ञारेन्टी बापतको रकम निकाशी गर्न भन्दै बैंकलाई पत्राचार गरेको थियो । तर त्यसको ४ दिन नबित्दै गत असार ७ गते असार ३ गतेको पत्रको कार्यान्वयन नगर्नु भन्दै पुनः अर्को पत्राचार समेत गरेको छ ।
जसले गर्दा गाँउपालिका अध्यक्ष र प्रमुख प्रशाशकिय अधिकृतको प्रत्यक्ष सम्लग्नता रहेको पुष्टि भएको छ ।
उता गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राजन घिमिरेले भने उक्त ठेक्का प्रकरणमा आफ्नो कुनै शम्लग्नता नरहेको प्रतिक्रिया दिएका छन् ।
उनले गाँउपालिकामा तिर्नुपर्ने रकम ठेकेदारले नतिर्नु बदमासी भएको भन्दै आफुले रकम भुक्तानी गर्न पटक पटक पत्राचार गरेकोसमेत बताए । तर गाँउपालिका अध्यक्षले उनिहरुले थप समय माग गरेको भन्दै थप प्रकृया अघी बढाउन नपाएको उनले बताए ।
प्रत्यक्ष रुपमा गाँउपालिका अध्यक्ष बस्नेतको बचावट गरेका प्रमुख प्रशाशकिय अधिकृत घिमिरेले अप्रत्यक्ष रुपमा भने गाँउपालिका अध्यक्षको कारण यस्तो समस्या आएको बताए ।
उनले भने – “मैले गाँउपालिकाको तर्फवाट पटक पटक पत्राचार गरेको छु, बैंक ज्ञारेन्टी मार्फत गाँउपालिकामा ठेकेदारको रकम जफत गर्नसमेत पत्र काटेको छु , तर गाँउपालिका अध्यक्ष ज्युसंग उहाँहरुको केके कुरा हुन्छ, मलाई थाहा हुने कुरापनि भएन, गत असार ३ गते गाँउकार्यपालिकाको बैठक थियो, उक्त बैठकमा सोहि ठेक्काको कुरा उठ्यो, मैले बैंक ज्ञारेन्टीमार्फत् उक्त रकम जफत गरौँ भने । कार्यपालिकाबाट निर्णयपनि गरियो, मैले सोहि दिनै कम्पनीले ठेक्का सम्झौता गर्दा पेश गरेको एसबिआई बैंकको रु. ४ करोड ३४ लाख बराबरको बैक ज्ञारेन्टी बापतको रकम निकाशी गर्न भन्दै बैंकलाई पत्राचार पनि गरे । तर त्यसको ठिक ४ दिनपछीे अध्यक्ष ज्युले ठेकेदार प्रतिनिधीहरुले आगामी असार १३ गते आईतबार सम्मका लागी रकम भुक्तानी गर्न समय मागेको भन्दै पत्राचार कार्यान्वयन नगर्न पुनः बैंकलाई पत्राचार गर्न प्रेसर दिनुभयो, असार ७ गते मैले अध्यक्ष ज्युले भनेपछी पत्राचार गरेको हुँ, समस्या आयो, उहाहरुले तोकेको समयसिमामा पनि रकम जम्मा भएन । अहिले हामी नैतिक शंकटमा छौँ ।”
उता गाँउपालिका अध्यक्ष बस्नेतसंग उक्त बिषयमा बुझ्न खोज्दा उनी सम्पर्कमै आएका छैनन् ।
उक्त अबैध कार्यमा गाँउपालिका प्रशासन तथा गाँउपालिका अध्यक्षले चासो नदिनाले समेत गाँउपालिकाका पदाधिकारी र जनप्रतिनिधीको समेत प्रत्यक्ष मिलेमतो भएको स्थानियहरुको गुनाशो छ ।
स्थानियका अनुसार गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र गाँउपालिकाका राजश्व शाखाका प्रमुख टुफेल खान द्धयले उक्त कम्पनीलाई अवैध कर शंकलनमा प्रत्यक्ष सहयोग गरेका छन् । त्यस्तै उनीहरुले यसअघी देखीनै गाँउपालिकाको ठेक्कामा चलखेल तथा आर्थिक अनियमितता गर्दै आएकोे आरोप छ ।
करिव १२ करोड बराबरको ठेक्कामा, उक्त कम्पनीले भने हालसम्म रु.४ करोड ९ लाख रुपैंया मात्र बुझाएको छ । यद्धपी हालसम्म सम्झौता अनुरुप गाँउपालिकामा बाँकी रकम भुक्तानी नगरेपनि उक्त कम्पनीले गाँउपालिका क्षेत्र भित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिटी बालुवा ग्राभेलको बिक्रि शुल्क उठाउने अबैध कार्य भने अझै गरीरहेको छ । जसले गर्दा गाँउपालिकाको ८ करोड भन्दा बढी रकम नउठ्ने होकी भन्ने शंकटमा परेको छ ।
उक्त शिवाको कन्ट्रक्सन प्रा.लि.कम्पनी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका भतिजा शुशिलबाबु श्रेष्ठको हो भने, धादिङमा नेकपा एमाले निकटका स्थानिय गिटी बालुवा व्यबसायीहरु नेकपा एमाले ओली समुह निकट युवा संघका जिल्ला अध्यक्ष दिपक खतिवडा, जिल्ला शदस्य केशव सिल्वाल कमल, ईश्वर सिलवाल तथा नेकपा एमाले ओली निकट चितवनका नेता प्रकाश रेग्मीले उत्तः ठेक्कामा हाली मुहाली गर्दै आएका छन् ।












प्रतिक्रिया