
काठमाडौँ, १४ असार । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो ।
एआइजीको थप एक पद थप्ने मन्त्रिपरिषदको निर्णय अनुरुप मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई सिफारिस गरेको हो ।
आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाएपछि अब थापाले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् ।












प्रतिक्रिया