
काठमाडौँ, १४ असार । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत अहिलेसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कोषले यसबारे जानकारी दिएको हो ।
कोषमा १४ हजार ५८० रोजगारदाता सूचीकृत भएका छन् भने ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।
सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले कोषले सञ्चालन गर्ने औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा अशक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार र आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार रुपैयाँ रकम कोषबाट दाबी भुक्तानी भएको जनाए ।












प्रतिक्रिया