
काठमाडौँ, १४ असार । यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउन दिने निर्णय गर्नुपर्ने भन्दै सच्याउन आग्रह गरेका छ ।
उपत्यकामा सरकारले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले निर्णय नसच्याए आफूहरुले असार १८ गतेदेखि पूर्ण रुपमा सार्वजनिक सवारीहरु चलाउने समेत घोषणा गरेको छ ।
सोमबार नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।













प्रतिक्रिया